काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतका ब्याज घटेको छ ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै बैंकको बचतको पनि ब्याज घटेको छ ।
बचतमा सबैभन्दा बढी ५.५ प्रतिशत र सबैभन्दा कम ३.५ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल एक सय वटा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
SHARE YOUR THOUGHTS