कोरोना भाइरस(कोभिड १९) ले गर्दा विश्वमा अर्थव्यवस्था ठूलो संकट निम्तिएको छ । यसको कारण करोडौ मानिसले रोजगारी गुमाएका छन् ।
यो लडाइ लड्न सजिलो देखिएको छैन । यो लडाइ लड्न विश्वका अर्बपतिहरुले सहयोग गरेका छन् । कोरोनाको कारण धेरै अर्बपतिको सम्पत्ति घटेपनि कतिपयको भने बढेको छ । कतिले आफ्नो सम्पत्ति कोरोना विरुद्दको लडाइमा सहयोग गरेका छन् ।
ज्याक डोर्सी
माइक्रो ब्लगिङ साइट ट्वीटरका सीइओ ज्याक डोर्सीले कोरोना विरुद्दको लडाइमा १ अर्ब अमेरिकी डलर सहयोग गरेका छन् । यो अहिलेसम्मकै कोरोना विरुद्दको लडाइमा सबैभन्दा ठूलो सहयोग रकम हो ।
बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन
अर्बपति व्यवसायी बिल गेट्सले समाजसेवा गर्नको लागि गठन गरेको यो फाउण्डेशनले अहिलेसम्म २५ करोड ५० लाख अमेरिकी डलर सहयोग गरेको छ । यो अर्बपति दम्पत्ति यो फाण्डेसन मार्फत ठूलो रकम समाजसेवामा खर्च गर्दै आएको छ ।
अजीव प्रेमजी
भारतीय अर्बपति व्यवसायी अजीव प्रेमजी समाजसेवीको रुपमा चिनिन्छन् । उनी दानबिर अर्बपति हुन् । भारतमा उनले कोरोना विरुद्दको लडाईमा १३ करोड २० लाख अमेरिकी डलर सहयोग गरेका छन् ।
जर्ज सोरोस
हंगेरी मुलका अमेरिकी अर्बपति जर्ज सोरोसले कोरोनाको लडाईमा १३ करोड अमेरिकी डलर सहयोग गरेका छन् ।
जेफ बेजोस
कोरोना भाइरस सुरु भएदेखि उनको सम्पत्ति बढेको छ । अमेजन कम्पनीका मालिक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन् । उनले कोरोना विरुद्दको लडाइमा १० करोड अमेरिकी डलर सहयोग गरेका छन् । अरु अर्बपतिको सम्पत्तिमा कमी आएपनि उनको सम्पत्ति भने बढेको छ ।
माइकल डेल
आइटी कम्पनी डेलका अध्यक्ष तथा सीइओ माइत्रल डेलले १० करोड अमेरिकी डलर सहयोग गरेका छन् ।
एड्रु फरेन्स
अर्बपति एड्रु फरेन्सले कोरोना विरुद्द लड्नन १० करोड अमेरिकी डलर सहयोग दिएका छन् ।
जेफरी स्कल
क्कल फाउन्डेसनका अध्यक्ष जेफरी स्कलले यो लडाइमा १० करोड सहयोग गरेका छन् ।
माइकल ब्यूमबर्ग
मिडियामा साम्राज्यका मालिक तथा ब्यूमबर्ग फाउण्डेशनका सहसंस्थापक माइकल ब्यूमबर्गले यो लडाइनमा ३ करोड ४५ लाख अमेरिकी डलर सहयोग गरेका छन् ।
लिन एण्ड स्टेसी
अमेरिकन फिलान्थ्रोपिस्ट लिन एड स्टेसीले यो कोरोना विरुद्दको लडाइमा ७ करोड अमेरिकी डलर सहयोग गरेकी छन् ।
SHARE YOUR THOUGHTS