२५ प्रतिशत बोनसपछि नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब माथि « Eglish Khabarhub

२५ प्रतिशत बोनसपछि नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब माथि



काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बिहान बिरगन्जमा भैरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गर्ने भएको छ ।

बोनस सेयर र नगद लाभांस एफपिओमा सेयर खरिद गरेका सेयरधनीहरुले पनि पाउँनेछन् । फागुन २६ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरुले पनि बोनस सेयर पाउँनेछन् ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ३० लाख रुपैंयाँ खुद नाफा कमाएको छ । २ अर्ब १६ करोड ७५ लाख रुपैंयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४० करोड ६९ लाख ९९ हजार १ सय ७३ रुपैंयाँ छ । कम्पनीको जिवन बिमा कोषमा ३५ अर्ब १७ करोड रुपैंयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी १४.१३ रुपैंयाँ छ ।

नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब भन्दा बढी भएको बताए । जीवन बीमा कम्पनीमा नेपाल लाफको चुक्ता पुँजी सबैभन्दा बढी हो ।

साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश गुप्ता, हरिश्चन्द्र सुवेदी, विवेक अग्रवाल एवं प्रकाश बिक्रम खत्री निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरि बार्षिक साधारण सभाको अवसरमा कम्पनीमा प्रथम बार्षिक साधारण सभा देखि १७औं बार्षिक साधारण सभासम्म अविछिन्न रुपमा कम्पनीको संचालक पदमा रहनु भई कम्पनीको बृहत्तर बिकासमा महत्वपूर्ण योगदान पुर्याएका  संचालक राम अवतार अग्रवाललाई सम्मान गरेको छ ।

Publish on: