काठमाडौं उपत्यकामा लकडाउन कडा, गल्लीमा हिँडे पनि पक्राउ गर्ने « Eglish Khabarhub

काठमाडौं उपत्यकामा लकडाउन कडा, गल्लीमा हिँडे पनि पक्राउ गर्ने



काठमाडौं । कोरोना रोग नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लकडाउन कडाइ हुने भएको छ । जिल्ला प्रशासन कर्यालय काठमाडौंमा गल्लीमा विभिन्न बहानामा निस्कनेलाई समेत पक्राउ गर्ने भएको छ ।

यसअघि मुख्य सडकमा मात्र कडा रहेको लकडाउनलाई अब भित्री गल्लीहरुमा समेत कडाई गर्ने निर्णय प्रशासनले लिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेका सबै पासलाई रद्द गरेको छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीलाई भने पास चाहिने छैन ।

Publish on: