काठमाडौं । काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक भएको छ ।
काठमाडौंस्थित अमेरिकी दुतावासका अनुसार शनिबार राति ९:४५ बजेदेखि डिभी आवेदनको नतिजा हेर्न सकिन्छ ।
तर तपाईंलाई डिभी पर्यो वा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेजमा विश्वास नगर्न पनि आग्रह गरेको छ । दूतावासले यस्ता दावी गरिएका र तपाईंलाई डिभी पर्यो भन्ने व्यहोराका कुनै पनि म्यासेज साँचो होइनन् भनेको छ ।
दूतावासले भनेको छ, ‘तपाईंलाई डिभी पर्यो या परेन थाहा पाउने एकमात्र र निशुल्क उपाय dvprogram.state.gov मा गएर आवेदन दिँदाको कन्फर्मेसन नम्बर राखेर हेर्ने हो। (तपाइले सो कन्फर्मेसन नम्बर भुलेको वा हराएको भएपनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ।)’
SHARE YOUR THOUGHTS