सुनसरीमा खाद्य सुरक्षाको राम्रो अवस्थामा, करिब ६ अर्बको खाद्य वस्तु उत्पादन « Eglish Khabarhub

सुनसरीमा खाद्य सुरक्षाको राम्रो अवस्थामा, करिब ६ अर्बको खाद्य वस्तु उत्पादन


१७ चैत्र २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

इनरुवा । सुनसरीमा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण प्रतिवेदनले देखाएको छ । यहाँ वार्षिक करिब ६ अर्बको खाद्य वस्तु उत्पादन भइरहेको जनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको छ । जिल्लामा धान, गहुँ, दलहन र तेलहन बाली गरी खाद्यान्नमा जिल्लाको समग्र अवस्था सकारात्मक रहेको कार्यालय जनाएको छ । यहाँ वार्षिक उत्पादन बढेकाले खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिए ।

जिल्लामा खाद्य सुरक्षाको अवस्था विश्लेषण प्रतिवेदनअनुसार वार्षिक रुपमा करिब ६ अर्ब रुपैयाँ बराबरका खाद्यान्न तथा पशुजन्य पदार्थको उत्पादन र कारोबार भइरहेको छ । जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण दोस्रो चौमासिक फागुनसम्मको तथ्याङ्कअनुसार धान, हिउँदे तरकारी, तोरी, आलु, उखु, केरा र माछाबाट करिब तीन अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबरको आम्दानी किसानले गरेका छन् ।

त्यसैगरी, पशु र पशुजन्य पदार्थ मासु, दूध र अन्डाबाट करिब रु दुई अर्ब ३४ करोड १९ लाख आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा ६ अर्बको हाराहारीमा खेतबारी र पशुपालनबाट आम्दानी भइरहेको छ भने वैदेशिक रोजगारबाट गत चार महिनाका अवधिमा ६ अर्ब ४४ करोड रुपैयाँ भित्रिएको छ ।

जिल्लामा प्रत्येक गाउँपालिका र नगरपालिकामा गरिएको सर्वेक्षणअनुसार ८० प्रतिशत घरधुरीका लागि वर्षभरि खान पुग्ने र २० प्रतिशतको अवस्था सामान्य रहेको देखिएको छ ।

यहाँ ८० प्रतिशत घरधुरीमा खाद्यान्न उपभोगको न्यूनतम आवश्यकता पूरा गर्नका लागि सक्षम रहेको समितिका संयोजक एवम् प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको भए पनि सन्तुलित खानाको अभावमा २.७ प्रतिशत बालबालिका कुपोषित रहेको समितिका सदस्य एवम् जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।

 

प्रकाशित मिति : १७ चैत्र २०७३, बिहिबार ००:००  १२ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping