काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यापिटल मार्केटका लगानीकर्ताहरुलाई मोद्रिक नीतिमा एथेष्ट रुपमा एड्रेस गर्ने बताएका छन् ।
न्यूज एजेन्सीसँगको अन्तवार्ताको क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको सेयर बजार धेरै समय बन्द गर्न नहुने तर्क गरेका छन् । अहिले मार्केट खोल्नुपर्ने चाहना धेरैको देखिएको भन्दै सधै बन्द गर्न नहुने उनको भनाइ छ ।
आगामी अािर्थक वर्ष २०७७/०७८ मोनिटरी पोलिसी मार्फत केही न केही योजना राष्ट्र बैंकले ल्याउने बताए । ‘अहिले खासगरी ३/४ वटा विषयहरु उहाँहरुले ल्याउनुभएको छ । एउटा पेमेन्ट सेटलमेन्टको लागि त्यहाँ भएको ट्रेडिङ अमाउण्ट सजिलै अनलाइन मार्फत पेमेन्ट होस भन्ने छ । त्यसका लागि व्यवस्था पनि छ नभएको होइन तर त्यसलाई अप्रेसनलाइज गर्न केही हडल्सहरु रहेछन् । तिनलाई हामी क्लियर गर्न खोजिरहेका छौँ’ उनले भने ।
अहिले १० लाख भन्दा माथिको पनि पेमेन्ट अनलाइन, खासगरी मोबाइल बैंकिङ मार्फत होस भन्ने खालको कुरा रहेको र त्यसलाई थप सरल गर्ने र प्राविधिक विषयहरु रिसल्भ गर्ने उनको भनाइ छ ।
सेयर बजार र क्यापिटल मार्केटको रेगुलेटर गर्ने निकाय धितोपत्र बोर्ड रहेको बताए ।
अहिले १ सय ८० दिनको एभरेज प्राइसलाई १ सय २० दिन झार्नुपर्ने, मार्जिनको विषयमा लोन टु भ्यालु रेसियोलाई केही एडजस्ट गर्नुपर्ने जस्ता कुराहरु रहेको भन्दै मार्जिन कलको केही मार्जिनसम्मगर्दा व्यवस्था हुनुपर्ने जस्ता कुराहरु बोर्डले राखेको अधिकारीले बताए ।
यस्तो समयमा लोन लिएर सेयर बजारमा लगानी गर्नेहरुलाई असर गर्ने विषयहरु रहेको भन्दै लगानीकर्ताले लिएको कर्जालाई अहिले तिर्न नसक्ने अवस्था रहेको तर्फ ङंगित गरे ।
सेयर बजारमा लिस्टेड कम्पनीहरु मध्ये लगभग ७० प्रतिशत कम्पनी बैंकसँग सम्बन्ध राख्ने भएको र बैंकको जोखिम व्यवस्थापनका लागि जारी गरेका केही निर्देशनको असर बजारमा पर्ने देखिने उनको तर्क छ ।
‘हाम्रो चाहाना मार्केट वेल डाइभर्सिटि होस भन्ने रहेको छ । बैंकिङ क्षेत्रको मात्रै त्यहाँ बोलवाला नहोस जसले गर्दा अरु क्षेत्र पनि त्यहाँ आइसकेपछि हाम्रो रेगुलेसनहरुको त्यती ठूलो रोल नहुने भएकोले ठूलो असर बजारमा पर्दैन भन्ने नै हो’ गभर्नर अधिकारीले भने ।
SHARE YOUR THOUGHTS