काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले ९८ दिन बजार बन्द गर्नुको कारण सार्वजनिक गरेका छन् ।
धितोपत्र बोेर्डले आगामी आर्थिक वर्ष २०७७/०७८ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव लिने क्रममा विश्वमा नै लामो समय नेपालको सेयर बजार बन्द हुनुको कारण सार्वजनिक गरेका हुन । उनले सेयर लगानीकर्ता प्रविधिसँग जोडिने बाताबरण नभएका कारण सेयर बजार बन्द गर्नु परेको बताएका छन् ।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको असर, लकडाउन अवधि र लगानीकर्ताहरू प्रविधिसँग पूर्णरूपमा नजोडिएको र सो वातावरण समेत पूर्ण तयार नभएका कारण बाध्यात्मकरूपमा बजार बन्द हुन पुगेको हो’ उनले भने ।
लकडाउन अवधिमा बजार व्यवस्थापन तथा सञ्चालनका लागि सम्बन्धित सबै निकाय र सरोकारवाला, लगानीकर्तासँग प्रयाप्त छलफल भएको जानकारी गराए । उक्त छलफल पश्चात बजार सञ्चालनको लागि उपयुक्त वातावरण तयार गरेको उनको दाबी छ ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सेयर बजार कुनै पनि हालतमा बन्द हुनुहुदैन भन्ने मान्यतामा रहेको जानकारी गराए । कार्यक्रममा उनले प्राप्त सुझावहरू बोर्डका लागि मार्गदर्शक भएको बताए ।
प्रतिक्रिया