काठमाडौं । सेयर बजार ६ प्रतिशतले बढेर बुधबारको लागि बन्द भएको छ । बजार खुलेदेखि नै खरिदको चाप बढ्दा बजार डेढ घन्टामा नै ६ प्रतिशतले बढेर बन्द भएको हो । बजारमा यति धेरै उत्साह देखिँदा पनि ६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
१३५ कम्पनीको कारोबारमा जम्मा ६ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् भने बाँकी सबै कम्पनीका लगानीकर्ताले कमाएमा छन् ।
बुधबारको कारोबारमा गुमाउनेमा नेशनल माइक्रोफाइनान्स, ओरियन्टल होटल, नेपाल दुरसञ्चार कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, बरुण हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यता १२९ कम्पनीका लगानीकर्ताले बुधबारको कारोबारबाट मनग्य आम्दानी गरेका छन् । कारोबारमा सिटिजन्स बैंकमा सकारात्मक सर्किट लागेको छ । सिटिजन्स बैंकको कारोबार १० प्रतिशतले बढेसँगै सर्किट लागेको हो ।
यस्तै साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, वित्तीय संस्था, सिद्धाथए बैंकका लगानीकर्ताले मनग्य कमाउन सफल भएका छन् ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ८२.३, ट्रेडिङ ३३.४८, विकास बैंक ५७.०६, जलविद्युत ३३.६७, निर्जीबन बीमा कमपनीको ३२२.४१, उत्पादन तथा प्रशोधन १०२.५७, माइक्रोफाइनान्स १०१.२३, जीवन बीमा कम्पनी समूहको उपसूचक ५४८.५३ अंकले बढेको छ ।
SHARE YOUR THOUGHTS