काठमाडौं । यो साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा कारोबार सुरु भएको केही समयपछि नै बजारमा गिरावट सरु भएको हो ।
पहिलो १ घन्टामा नै दोस्रो सर्किट लागेको बजार १ घन्टा ४० मिनेटमा ६ प्रतिशतले घटेर यो दिनको लागि कारोबार बन्द भएको छ ।
बजार मापन गर्ने सूचक ८०.४१ अंकले घटेर १२५६.११ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १७.९९ अंकले घटेर २६९.०३ बिन्दुमा रोकिएको छ ।
१४२ कम्पनीको १० लाख ६१ हजार ८९० कित्ता सेयर ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबारको कारोबारमा म्यूचुअल फण्ड सामान्य अंकले बढदा बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
बैंकिङ समूह ८७.१४, होटल १२८.३७, विकास बैंक ७६.३५, निर्जीबन बीमा कम्पनी १७८.३१, उत्पादन तथा प्रशोधन १२८.५२, माइक्रोफाइनान्स ७१.२६, जीवन बीमा समूहको उपसूचक ६०८.६१ अंकले घटेको छ ।
बजारमा पहिरो आएको समयमा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्था, गुँरास फाइनान्स, गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मिटेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा सोल्टि होटल, प्रभु बैंक, हिमालयन डिस्ट्रिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, ग्लोबल आईएमई बैंक, एशियन लाइफ इन्स्यारेन्स, नेपाल बैंक, नेपाल लाइफ, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंकका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS