वाईडबडी जहाज किन्ने सम्झौताको अन्तिम तयारी हुदाँ पनि ऋण सम्झौता अन्योलमा « Eglish Khabarhub

वाईडबडी जहाज किन्ने सम्झौताको अन्तिम तयारी हुदाँ पनि ऋण सम्झौता अन्योलमा


१८ चैत्र २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । चैत अन्तिममा नेपाल वायुसेवा निगमले जहाज खरिद सम्झौता गर्ने तयारी गरिरहेकाबेला संचय कोषसँग गरिने ऋण सम्झौताको टुंगो भने अझै लागेको छैन ।

आगामी साता अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसन निगमसँग खरिद सम्झौता गर्न नेपाल आउँदै छ । तर निगम र संचय कोषबीच हुने ऋण सम्झौता भने अझै टुंगो लाग्न नसकेको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्बाट जहाज खरिदको लागि जमानी वस्नको लागि निर्णय आवस्यक भएपनि तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म प्रस्ताव मन्त्रीपरिषद् लगेको छैन ।

पहिलो जहाज २०७४ असोज भित्रै र दोस्रो जहाज २०७४ को चैत भित्रै ल्याइसक्ने योजना निगमकोे छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ ।

निगमको उच्च स्रोतका अनुसार एयरबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाजको लागि संचयकोषसंग २३ अर्व रुपैयाँ ९ प्रतिशत व्याजदरमा लिने सहमती भइसकेको छ । स्रोतका अनुसार १५ वर्षभित्र निगमले २३ अर्व रुपैयाँ बार्षिक २ किस्ताका दरले संचय कोषलाई तिर्नेछ ।

निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात् २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्दै छ । जसको लागि बैना रकमको १० लाख डलर पठाइसकेको छ ।

तर संचयकोषले सरकारले मन्त्रीपरिषद्बाटै जमानी बस्ने निर्णय नगरेसम्म ऋण सम्झौताको कुनै पनि प्रक्रिया अगाडि नबढ्ने जनाएपछि अहिले निगम व्यवस्थापन मन्त्रालयलाई प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजान दवाव दिदै आएको छ ।

तत्कालिन पर्यटन मन्त्री जिवन बहादुर शाहीको कार्यकालमै तयारी भइसकेको फाइल वर्तमान मन्त्री दिलनाथ गिरिले अझै लगेका छैनन् । खरिद गर्ने तयारीमा रहेको वाईडबडी जहाजको खरिदको लागि आवस्यक ऋणको जोहोगर्न मन्त्रीपरिषद्बाटै जमानी बस्ने निर्णय हुनुपर्ने संचयकोषले अडान राखेको थियो ।

‘कर्पोरेसनको टोली खरिद सम्झौताको लागि नेपाल आउँदै छ, सोही समयमा खरिद सम्झौता हुने छ,’ नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

मन्त्रालयले मन्त्रीपरिषद् लगेर निर्णय गर्ने कंसाकारले बताए । अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले ‘हाईफ्लाई एयरलाइन्स’ को लागि दुईवर्ष अगाडी एयरबस कम्पनीमा अर्डर गरेको थियो ।

‘कम्पनीले टेन्डर हाल्दा सवैभन्दा बढी सस्तोमा हालेकोले अव मूल्यमा नेगोसेनस हुदैन,’ कंसाकारले भने ।

पहिलो जहाज २०७४ असोज भित्रै र दोस्रो जहाज २०७४ को चैत भित्रै ल्याइसक्ने योजना निगमकोे छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।

यसअघि अर्थमन्त्रालयले सरकार जमानी वस्ने निर्णय गरेता पनि संचय कोषले मन्त्रीपरिषद्को निर्णय आवस्यकता रहेको आशय राखेपछि मन्त्रालयले निगमको जहाज खरिदको लागि आवस्यक ऋणको लागि सरकार जवानी बस्ने निर्णयका लागि मन्त्रीपरिषद् लैजाने भनिएको थियो ।

विगतमा संचयकोषसंग १० अर्ब ऋण लिएर दुई न्यारोबडीका जहाज खरिदमा पनि मन्त्रीपरिषद्बाटै सरकार जवानी बस्ने निर्णय भएको थियो । मन्त्रीपरिषद्ले निर्णय गरेपछि संचयकोषसँग ऋणसम्झौता हुने कंसाकारले जानकारी दिए ।

‘संचयकोषले विगतकै प्रक्रिया खोजेपछि मन्त्रीपरिषद्बाटै निर्णय गराउन खोजिएको हो,’ मन्त्रालयका हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले भने ।

मन्त्रालयले केही दिनमै निर्णयका लागि मन्त्रीपरिषद् पठाउने तयारी गरेको लमिछानेले जानकारी दिए । नेपाल वायुसेवा निगम वाईडबडी बैंक तथा वित्तिय क्षेत्रमा तरलता अभाव देखिएसँगै निगमले ऋणका लागि संचयकोष नै गुहारेको थियो । निगम व्यवस्थापन र संचयकोष नेतृत्वबीच अनौपचारिक रुपमा ऋण लिन र दिन सहमत भइसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७३, शुक्रबार ००:००  १ : २५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping