काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को शनिबार बोलाइएको स्थायी समितिको बैठक स्थगित भएको छ । शिर्ष नेताहरुको विवादको कारण फुटको पुगेको नेकपाको बैठक सहमति खोज्नको लागि स्थगित गरिएको हो ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबीच ठूलो विवाद रहेको छ । पार्टीको स्थायी समितिमा बोल्ने बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
सहमतिको लागि शुक्रबार प्रधानमन्त्री ओली र दाहालबीच छलफल भएपनि सहमति जुटेको थिएन । सहमतिको खोज्न बैठक स्थगित गरिएको हो ।
SHARE YOUR THOUGHTS