काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम पनि बढेको छ । सोमबार बजार मापन गर्ने सूचक ३३.२७ अंकले बढेर १२९८.७३ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.३० अंकले घटेर २७५.८९ बिन्दुमा रोकिएको छ ।
१७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक २१.२९, होटल ७४.६७, विकास बैंक १४.१५, निर्जीबन बीमा कम्पनी २७४.४, उत्पादन तथा प्रशोेधन ४५.२३, माइक्रोफाइनान्स ८४.११, जीवन बीमा समूहको उपसूचक २६६.४३ अंकले बढेको छ ।
सोमबारको कारोबारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनीको कारोबारमा १० प्रतिशतले बढेको छ ।
सुर्योदय लघुवित्त वित्तीय संस्था, ग्रामिण विकास लघुवित्त विकास बैंक, यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले कमाउँदा राधी विद्युत कम्पनी, बोटलर्स नेपाल (तराइ), देव विकास बैंक, जोशी हाईड्रोपावर, बिशालबजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS