काठमाडौं । संसदीय उपसमितिले छुट्टाछुट्टै दरको पुँजीगत लाभकरको व्यवस्था गर्न सुझाव दिएको छ ।
पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन भएको उपसमितिले तीन प्रकारको पुँजीगत लाभकरको व्यवस्था गर्न सुझाव दिएको हो ।
उपसमितिले दिएको सुझावमा एकवर्षभन्दा कम अवधिको लगानीलाई ५ प्रतिशत, तीन वर्षभन्दा कम अवधिका लागि ३ प्रतिशत र सोभन्दा बढी अवधिको लगानीलाई पुँजीगत लाभकर १ प्रतिशत लिने व्यवस्था मिलाउन सुझाव दिएको छ ।
यसले धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न, छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृतिलाई निरुत्साहित गर्न र लगानी स्थिरतालाई प्रवद्र्धन गर्न अल्पकालिन र दीर्घकालिन लगानीका लागि ३ प्रकारको पुँजीगत लाभकरको व्यवस्था मिलाउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS