काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ।
नेप्से मापन गर्ने सूचब १७.५० अंकले घटेर परिसूचक १४३२.४४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.९० अंकले घटेर ३०३.१४ बिन्दुमा रोकिएको छ ।
१८३ कम्पनीको ३५ लाख ८६ कित्ता सेयर १ अर्ब ५३ करोड २५ लाख ११ हजार रुपैयाँमा किनबेच भएको छ । बैंकिङ समूह २१.५१, निर्जीबन बीमा ५.५४, उत्पादन तथा प्रशोधन २०.९५, माइक्रोफाइनान्स १५.१ जीवन बीमा समूहको उपसूचक ७१.६ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा होरियन्ट होटलको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
तारागाँउ रिजेन्सी, सोल्टी होटल, एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा नेपाल सेवा लघुवित्त, घलेम्दी हाईड्रोपावर, सिनर्जी पावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS