काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तान्ने भएको छ । राष्ट्र बैंकले वित्तीय औजार प्रयोग गरी २० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो ।
बिहिबार एक सुचना जारी गर्दै राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको छ । जसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले साउन ८ गते अनलाईन बिडिङ्ग प्रणालीबाट सहभागि हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
लकडाउनका कारणले बजारमा कर्जाको माग न्यून भएकोकारण बैंकिङ प्रणालीमा अधिक तरलता भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
‘अहिले बैंकिङ प्रणालीमा १ सय ९१ अर्ब रुपैयाँ अधिक तरलता छ,’ उनले भने, ‘जसकारण रकम खिच्न रिभर्स रिपो जारी गरिएको हो ।’
ब्याजदर निर्धारण भने निक्षेप संकलन उपकरणमार्फत् बोलकबोल प्रक्रियाबाट हुने प्रवक्ता भट्टले बताए ।
रिभर्स रिपो आगामी साउन १५ गते परिपक्क हुने जनाइएको छ ।
राष्ट्र बैंकले बजारमा तरलता अभाव हुँदा रिपो जारी गरी तरलता प्रवाह गर्छ भने अधिक तरलता हुँदा रिभर्स रिपो जारी गरेर तरतला प्रशोचन अर्थात बजारबाट पैसा तान्छ ।
SHARE YOUR THOUGHTS