प्राधिकरणले उठायो सवा ३ अर्ब महसुल, विद्युत् चोर्ने फन्दामा « Eglish Khabarhub

प्राधिकरणले उठायो सवा ३ अर्ब महसुल, विद्युत् चोर्ने फन्दामा



कामाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरेको छ ।

विद्युत् बिक्री गरी ३ अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी १८ लाख ८१ ह्जार ६४८ रुपैयाँ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले बताए ।

खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी २५ लाख ९० हजार रुपैयाँ जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ ।

कूल ४७ हजार ८२९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्रले १ हजार २२८ ग्राहकको लाइन काटी ५ करोड ३८ लाख रुपैयाँ बक्यौता उठाएको छ ।

विद्युत् चुहावटलाई ४.५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३.८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन गरिरहेको छ ।

Publish on: