एनआरएन इन्फ्रास्टक्चरको आईपीओ साउन १६ देखि खुल्ने « Eglish Khabarhub

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ साउन १६ देखि खुल्ने



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

प्रति कित्ता एक सय रुपैयाँको दरले ३३ लाख ९८ हजार ४६ कित्तामा १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानीकोष, ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीलाई र सर्वसाधारणलाई ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

उक्त आईपीओमा साउन १६ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ । २१ गतेसम्म माग अनुसार आवेदन नपरेमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

उक्त सेयरको आईपीओमा आवेदन दिन चाहनेले सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

Publish on: