मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसीका विषयमा अमेरिकी चासो, अमेरिकी राजदूतले भेटे रक्षामन्त्री


अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन् ।

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेका हुन् । रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताए ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सहसचिव सुनारले बताए । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताए । एमसीसीका विषयमा सरकारले गम्भिर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराए ।

सन्त बहादुर सुनार सह—सचिव, रक्षा मन्त्रालयभेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढि जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राखेका थिए । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरे ।