कास्कीबाट भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको रकम वितरण शुरु « Eglish Khabarhub

कास्कीबाट भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको रकम वितरण शुरु




काठमाडौं । राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणले आजदेखी भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये कास्कीबाट निजी आवास निर्माणका लागी अनुदानको पहिलो किस्ता बितरण शुरु गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले कास्कीको लुम्ले गाविस हालको अन्नपुर्ण गाँउपालिका अन्र्तगत वडा नम्वर ६ र ७ मा लाभग्राही सूचिमा परेका ५० घरधुरीलाई ५० हजारका दरले अनुदानको पहिलो किस्ता बितरण गरेर अनुदान वितरण शुरु गरे ।

प्राधिकरणले अन्नपुर्ण गाँउपालिबाट लाभग्राही सूचिमा परेका १ सय ६१ मध्ये आज पहिलो दिन ५० घरधुरीलाई २५ लाख रुपैया बितरण गरेको हो ।

अनुदान रकम बुझ्दै लाभग्राहीले पहिलो किस्ता लिएर शिघ्र घर पुनर्निर्माणको काम शुरु गर्ने बताए । उक्त अवसरमा प्राधिकरणका सिइओ पोखरेलले घर पुनर्निर्माणका लागी बितरण गरिएको अनुदान रकम सदुपयोग गर्न आग्रह गर्दै प्राधिकरणकातर्फबाट दोस्रो र तेस्रो किस्ता बितरणमा पनि कुनै ढिलाई नहुने प्रतिबद्धता जनाए ।

‘तपाईहरुले सरकारी मापदण्ड र प्रक्रिया पु¥याएर घरको जग हाल्नुहोस हाम्रो तर्फबाट थप अनुदान बितरणमा कुनै बिलम्व हुने छैन, सक्नेले भूकम्प प्रतिरोधी घर बनाएर एक मुष्ठ रकम लिन चाहे त्यसमा पनि कुनै ढिलाई गरिने छैन ।’ उनले भने ।

लाभग्राहीले जतिसक्दो छिटो प्रक्रिया र मापदण्ड पु¥याएर घर निर्माण सम्पन्न गर्न चाहेको भन्दै मापदण्ड र प्रक्रियालाई पहिलो प्राथमिकता दिएर पुर्ननिर्माण शुरु गर्ने बताएका थिए । प्राधिकरणले आगामी चैत्र २७ गतेदेखी बैशाख २ गतेसम्म भूकम्प कम प्रभावित थप १६ जिल्लामा पनि अनुदान बितरण शुरु गर्ने सिइओ पोखरेलले जानकारी दिए । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा ९८ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ता बितरण गरिसकेको छ ।

Publish on: