काठमाडौं । नेपाल डिष्टिलरीज् प्रालिद्वारा उत्पादित ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियागिताअन्तर्गत ९४ अंक हासिल गर्दै स्वर्ण पदक जितेको छ ।
लण्डनमा २०२० जुलाई ६ तारिखमा लण्डन स्पिरिट्स प्रतियोगितामा खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको हो ।
यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।
प्रतियोगिता अन्तर्गतका ३ विधाहरू गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा रमलाई १०० मध्ये कूल ९४ सर्वोत्कृष्ट अंक प्रदान गरेर विश्वव्यापीरुपमा मान्यता प्राप्त भएको छाप लगाइदिएको कम्पनीले जनाएको छ ।
नेपाल डिष्टिलरीजले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिका साथ बहन गर्दै आएको कम्पनीको भनाइ छ ।
‘अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ,’ नेपाल डिस्टिलरीजका कार्यकारी निर्देशक कृष्ण कुमार चुरिवालाले भने, ‘हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रुपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरवान्वीत भएका छौं ।’
विश्वव्यापी स्तरका गुणस्तरीय रम उत्पादकहरुको सूचीमा समावेश हुन पाउँदा अत्यन्त गौरवान्वीत एवं सम्मानित भएको महसुस भएको कम्पनीले जनाएको छ ।
सुप्रसिद्ध मिक्सोलोजिस्टहरू, विशेषज्ञहरू र उत्पादकबाट अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गर्नुले हिमाली राज्यबाट विश्वव्यापी रुपमा सबैका लागि उत्कृष्ट मदिराहरु बनाउने कला र उत्कटता प्रतिको प्रतिबद्धतालाई अझ बल पु¥याएको कम्पनीको भनाइ छ । खुकुरी रम बेलायत, अमेरिकालगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया