काठमाडौं । नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्सलाई २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।
फाइनान्सले बोर्डबाट अनुमति पाएसँगै १ः२ अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको प्रति कित्ता एक सय रुपैयाँको दरले ३६ लाख ३९ हजार ६०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
हाल फाइनान्सको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रुपैयाँ रहेको छ । २ सय प्रतिशत हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी ५४ कोड ५९ लाख ४० हजार रुपैयाँ पुग्ने छ । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।
SHARE YOUR THOUGHTS