काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम चाहनेहरुलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।
बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २५ ‘ग’ उपनियम ५ तथा बुक बिल्डिङ निर्देशिका २०७७ को दफा ३ बमोजिम ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो ।
यसमा सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोष योजना, मर्चेन्ट बैंकर मान्यताप्राप्त आवकाश योजना कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीले आवेदन दिन सक्नेछन् ।
SHARE YOUR THOUGHTS