काठमाडौं । बिहीबारदेखी दुई वटा कम्पनीको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएको छ । बिहीबारदेखि समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री सूरु भएको हो ।
उपत्यकामा कोरोना संक्रमण बढेसँगै सरकारले लागु गरेको निषेधाज्ञा जारी गरेसँगै आवेदन कर्ताले बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिन नपाउने भएका छन् । यी दुई कम्पनीको आईपीओमा घरबाट अनलाइन प्रणालीबाट आवेदन दिनुपर्ने छ ।
समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । यसमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन मेरा सेयर मार्फत अवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।
यस्तै रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आइपीओ आज (भदौ ४ गते) बाट बिक्रीखुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । ६३ लाख कित्ता आइपीओकम ३ लाख १५ हजार सामूहिक लगानी कोष र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो अवधिमा माग अनुसार आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।
SHARE YOUR THOUGHTS