धितोपत्र बोर्डले गृह मन्त्रालयलाई लेख्यो पत्र, २ जना कर्मचारीले कार्यालय चल्ने « Eglish Khabarhub

धितोपत्र बोर्डले गृह मन्त्रालयलाई लेख्यो पत्र, २ जना कर्मचारीले कार्यालय चल्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले गह मन्त्रालयलाई पत्र लेखेको छ ।

बोर्डले मन्त्रालयलाई पत्र लेखेर नेपाल बोर्डले नियमन गर्ने संस्थाहरु पुँजी बजारको नियमीत सेवा प्रदायक भएकोले ती संस्थाहरुले न्युन कर्मचारीबाट नियमित सेवा सञ्चालन गर्नुपर्ने भएकोले ती सस्थाहरुमा अधिकतम २ जना कर्मचारी कार्यालय सञ्चालनका लागि सवारीको सह आवमगनको लागि सहयाग गर्न आग्रह गरेको छ ।

उपत्यकामा कोरोनाको संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा लागु गरेको छ । यो समयमा कर्मचारी आवत जावत गर्न समस्या हुने भन्दै बोर्डले मन्त्रालयलाई यस्तो पत्र लेखेको हो ।

बोर्डले मन्त्रालयलाई लेखेको पत्रमा हाल नेपालको पुँजी बजारमा सम्पूर्ण कारोबार अनलाइन मार्फत हुन सक्ने व्यवस्था भएको समेत जनाएको छ । हाल सम्पूर्ण कारोबार अनलाइन मार्फत हुन सक्ने व्यवस्था भएकोले कारोबार सञ्चालन राख्ने बोर्डको निर्णय भएको समेत जानकारी गराएको छ ।

Publish on: