काठमाडौं । उपत्यकाका तीन जिल्लामा कोरोनाको संक्रमण बढेसँगै बैंकका पनि निश्चित शाखा मात्रै खुलेका छन् ।
सरकारले निषेधाज्ञा जारी गरेसँगै बैंकका सिमित शाखा मात्रै खुलेको छन् । नेपाल राष्ट्र बैंकले पनि सिमित कर्मचारीबाट कार्यालय चलाउन र सकेसम्म अनलाइनबाट काम गर्न निर्देशन दिएको छ ।
त्यो सँगै बैंकहरुले पनि थोरै कर्मचारी राखेर सिमित कर्मचारीबाट सेवाग्राहीलाई सेवा दिइरहेका छन् । प्रभु बैंकले शुक्रबार उपत्यकाका साथै अन्य प्रदेशका खुल्ने शाखाका सम्पर्क व्यक्तिको नाम र नम्बर समेत सार्वजनिक गरेको छ ।
शुक्रबार उत्पकाको मुख्य शाखा, भक्तपुर, जावलाखेल शाखा खुला हुने छ भने बाग्मती प्रदेश भित्रको मन्थली शाखा खुला हुने छ । अन्य प्रदेशमा भने स्थानीय निकायको निर्देशन अनुसार शाखा खुल्नेछन् ।
SHARE YOUR THOUGHTS