रिलायन्स लाइफको आईपीओमा सवा अर्ब बढीको आवेदन « Eglish Khabarhub

रिलायन्स लाइफको आईपीओमा सवा अर्ब बढीको आवेदन



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री सुरु भएको दोस्रो दिन १ अर्ब २६ करोड ७० लाख ९६० हजार रुपैयाँको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार २ लाख ९३ हजार ९२५ जना आवेदकले १ करोड २६ लाख ७० हजार ९६० कित्ताका लागि आवेदन दिएका छुन् ।

इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारको लागि ५६ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरेको छ ।

यो आईपीओमा लगानीकर्ताले छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Publish on: