काठमाडौं । नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई-कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताका लागि सीमापार व्यापार शुरू गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन् । यससँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिकरूपमा नेपाली बजारमा प्रवेश गरेको छ।
सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतीय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामग्री) नेपाली ग्राहकहरु लागि ल्याइनेछ।
सस्तोडिलका सस्थापक सीइओ अमुन थापाले भने, ‘फ्लिपकार्टको निजी ब्रान्डको उत्पादनहरू पनि सस्तोडिलले देखाउँनेछ । अब भारतीय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्ट नै उपलब्ध हुनेछ ।’
पहिलो चरणमा सस्तोडिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरीय सामग्रीहरु प्रदर्शन गर्ने संस्थापक सीइओ थापाले बताए ।
नेपाली ग्राहकले हालसम्म महंगो रकम तिरेर किन्नु परेको भारतीय उत्पादनहरु अब सस्तोडिलको माध्यम उचित मूल्य तिरेर खरिद गर्न सक्ने थापाले बताए । फ्ल्पिकार्टका निजी उत्पादनहरू अब सस्तोडिलमा नेपालमै उपलब्ध हुने भएपछि ग्राकहले अर्डर गरेकै दिन अथवा भोलिपल्ट सामगीहरु पाउँनेछन् ।
समझदारी पश्चात फ्लिपकार्टका निजी ब्राण्डका उपाध्यक्ष देव अय्यरले भने, ‘फ्लिपकार्ट निजी ब्रान्डको पोर्टफोलियो सधैं उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने र उचित मूल्याकंन गर्नु हो । उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादनलाई जोड दिँदै आफ्नो ब्रान्डलाई भारत बाहिरका बजारमा लैजानु नै प्राकृतिक प्रकृया हो । नेपाल र भारतको उपभोक्ताहरूको प्राथमिकता मिल्दोजुल्दो छ । हामी विश्वस्त छौं नेपालमा पनि हाम्रो निजी ब्रान्डको मार्क्यू र स्मार्टबाईलाई सहजै अपनाउने छन् ।’
अय्यर थप्छन् ‘हाम्रो साझेदार सस्ताडिलले नेपाल बजारमा अपार उपभोक्ता विश्वास पाइरहेको छ । जसले हामीलाई थप प्रोत्साहन दिन्छ कि साझेदार अन्तर्गत हामीले प्रस्ताव गरेको उत्पादनहरुलाई पनि उपभोक्ताहरूले माया गर्नेछन्।’
सस्तोडिलका सिसिओ अमितेश रायका अनुसार ‘फ्लिपकार्टको इलेक्ट्रोनिक्स र होम डेकोर, फर्निचरका उत्पादनहरु सस्तोडिलमार्फत सीमा पार बिक्री वितरण शुरू गर्नेछ, भारतीय एमएसएमई पनि सिधै नेपाली उपभोक्ताहरुलाई बेच्न सकिनेछ ।
सस्तोडिलले फ्लिपकार्टसँगको साझेदारीपछि निरन्तर उचित मूल्यमा यसको उत्पादन दायरा बढाउनेछ र यसले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा उत्पादनहरु प्रदर्शन गर्नेछ ।
यो साझेदारीले नेपालमा ५० हजारभन्दा बढीका गुणस्तरीय उत्पादनहरु १५ देखि २१ दिनसम्म लाग्ने समयलाई सस्तोडिलले सिपिङ मुल्य पनि तिरेर तिन दिनमा उपलब्ध गराउने जनाइएको छ ।
सस्तोडिलले बिक्रेताहरूका लागि बजार पहुँचका लागि ढोका मात्र खोल्दैन तर उनीहरूको व्यवसायलाई बृद्धि गर्न पनि सहयोग गर्दछ । नेपालमा ई–वाणिज्य व्यवसायको सम्भावनाहरू छन् जुन अनलाइन शपिंङले लिने विशाल सम्भावना छ।
फ्लिपकार्ट जस्ता एक ब्रान्डको विश्वासिलो उपभोक्ताहरूले सस्तोडिल जस्तो स्थानीय कम्पनीलाई पनि माया गर्नेछन् । जसले गर्दा उपभोक्ताहरूको लागि प्रस्तावित मूल्य अझ रमाइलो बन्नेछ ।
‘हामी विश्वस्त छौं कि नयाँ विकासको बाटोले भारतका स्थानीय एमएसएमईको आर्थिक भावना र वृद्धिको सम्भावना बढाउनेछ,’ फ्लिपकार्टका बजार प्रमुख जगजित हरोडेले भने ।
ससतोडिलमा फ्लिपकार्टबाट स्टार उत्पादन तथा भर्खर एक्ड्रोइडबाट प्रमाणिकरण भएको ‘मार्क्यु ४९ इन्च फोर के स्मार्ट टेलिभिजन र क्रोम–कास्टबाट अन्तर्निर्मित ४.४ ग्राहकले रेटिङ गरिसकेको टिभिको मूल्य ५४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।
ग्राहकहरूले अर्डर गरेको भालिपल्ट डेलिभरिसँगै २ वर्षे वारेन्टीको साथमा टिभि निःशुल्क जोडिदिनेछन् । मार्क्यूसँगै ग्राहकहरूले फ्लिपकार्टको स्मार्टबाईमार्फत उचित मुल्यका अफरहरु पनि प्राप्त गर्न सक्नेछन् । जहाँबाट ग्राहकले दैनिकक उपभोग्य सामग्रीहरु खरिद गर्न सक्छन् ।
आगामि दिनमा सस्तोडिलले फ्लिपकार्टमार्फत खेलकुद, फेसन, फर्निचर जस्ता अन्य सामग्रीहरु पनि थप गर्ने बताइएको छ । डोल्मा इम्प्याक्ट फण्डका संस्थापक सीइओ टिम गोचरकाअनुसार, ‘धेरै शेयरधनी भएको एक मात्र इ–कमर्श कम्पनीको उल्लेखनिय वृद्धिको लागि नयाँ पाइला सार्नु प्राकृतिक नियम हो ।’
‘यो ग्राहकको ध्यान केन्द्रितका साथै उपभोक्ता तथा व्यवसायलाई आकर्षक उत्पादनहरू र मूल्यहरू प्रदान गर्न पूर्ण रूपमा पक्तिबद्ध छ,’ सस्तोडिल बोर्डका अध्यक्ष प्रतीक जालानले भने, ‘यो ई–कमर्श कम्पनीको लागि मात्र नभएर समग्र इकोसिस्टमको लागि परिवर्तनकर्ता हुनेछ ।’
के हो सस्तोडिल डटकम?
सस्तो डिलको सुरुवात सन् २०११ डिसम्बरबाट भएको थियो भने त्यो समयमा इन्टरनेटको पहूँच नेपालमा करिब ९ प्रतिशतमा मात्र सीमित थियो ।
इन्टरनेटमा ९ प्रतिशत पहुँच हुदाँ पनि सस्तो डिलले इ–कर्मश कम्पनीको सुरुवात गरेको थियो। जस्ले गर्दा आउने पुस्तामा नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेवाला थियो ।
५० हजार रुपैयाँमा शुरु भएको बिजनेश एक सानो ग्यारेज र टुटेफेटेका फर्निचर लिएर इकर्मश कम्पनी स्थापित गर्न ठूलो मेहनेतका साथ अगाडि बढे ।
त्यो मेहनत र लगावले नै आज सस्तो डिल नेपालको अग्रणी इ–कर्मश कम्पनी बन्न सफल भएको छ । जसको लाखौं ग्राहकहरु र हजारौ डेलिभरीका साथै सप्लाई टिम रहेको छ । कम्पनीको नेटर्वक सन्जाल देशभर नै फैलिन सकेको छ ।
कम्पनीले उपोभोक्ताले चाहेको सामान, चाहेको समयमा चाहेको मूल्यमा जुन सुकै स्थानमा पनि पुर्याउने लक्ष्य र उद्देश्यका साथ सेवा प्रदान गरिरहेको छ ।
यसरी कम्पनीले सामान सप्लाई गर्दा थप शुल्क नलिकन समान सप्लाई गर्ने रणनीतिकासाथ अघि बढेको छ । सस्तो डिलको मुख्य उद्देश्य भनेको नै उपभोक्ताहरुको नजरमा एक कुशल डिजिटल प्लेटफर्मको रुपमा स्थिापित भएर देशलाई विश्वबजार सामु गौरव गर्न सक्ने बनाउनु हो ।
के हो फिल्पकार्ट ?
फ्ल्पिकार्ड समूह भारतको डिजिटल माध्यमबाट गरिने व्यावसायहरु मध्ये एक अग्रणी माध्यम हो। यस फ्ल्पिकार्ड समुह अन्र्तगत रहेर कम्पनिले डिजिटल व्यावसाय फ्ल्पिकार्ट, मिन्त्रा र फोन पे सफलता पुर्वक सञ्चालन गरिरहेको छ ।
सन् २००७ देखि आफ्नो सेवा शुरु गरेको कम्पनीले लाखौँ उपभोक्ताहरु, विक्रेताहरु, ठूला तथा साना व्यावसायीहरुलाई भारतको ई–कमर्सको ठूलो क्षेत्रमा समेट्न सहयोग गर्दै आएको छ ।
हाल यस संस्थामा २५ करोडभन्दा पनि बढि रजिष्टर उपभोक्ताहरु, ८० भन्दा बढि प्रकारका करिब १५ करोड बस्तुहरुको पहुँचमा छन् । फ्लिपकार्टको उद्देश्य भनेको भारतमा ई–कर्मसलाई प्रबर्द्धन गर्नु, उपभोक्ताको पहुँचमा धेरै भन्दा धेरै सुविधाहरु पुर्याउनु, ई-कमर्स क्षेत्रमा लाखौँ रोजगार सिर्जना गर्नु र उद्यमशिलताको पिढिलाई सशक्तीकरण गर्नु हो ।
भर्खरै मात्र सुरु भएको फ्ल्पिकार्ड होलसेल, एउटा नयाँ डिजिटल बजार, भारतमा किराना पसलहरुको प्रबद्र्धनको लागि गरिएको प्रयास हो । क्यास अन डेलिभरी, नो कस्ट इ एम आई र सजिलै आफुलाई मन नपेरको बस्तु फेरी फिर्ता गर्न मिल्ने जस्ता सुविधाहरु प्रदान गर्ने पहिलो डिजिटल प्लेटफर्मको रुपमा परिचित फ्ल्पिकार्डले अनलाईन सपिङलाई भारतमा सजिलो र सस्तो बनाएको छ ।
भारतको अनलाइन फेसन बजार मिन्त्रा सँगसँगै, फोन पे भारतको द्रुत गतिमा बृद्धि गरिरहेको डिजिटल पेमेन्ट प्लेटर्फम हो । र अब फ्ल्पिकार्ट होलसेल सँगै यस समुहले भारत भरि नै आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
SHARE YOUR THOUGHTS