डिशहोमको द स्टिङ सो मा टप १० प्रतिस्पर्धी छनौट  « Eglish Khabarhub

डिशहोमको द स्टिङ सो मा टप १० प्रतिस्पर्धी छनौट 



काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङ्लिस सांगीतिक प्रतियोगिता द स्टिङको दोस्रो राउण्ड सुरु भएको छ । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका थिए ।

जस अन्तरगत १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनौट भएका हुन् । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनौट गरेका हुन् ।

छनौट भएका प्रतिस्पर्धीहरु क्रमस दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदिक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई छन् ।

दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु बताइएको छ ।

तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु गरेका थिए ।

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिन्छन् भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

Publish on: