काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को नेतृत्व लिनका लागि ३ जनाको चर्को प्रतिस्पर्धा देखिएको छ । सिडिएससीमा आगामी ४ वर्षको लागि नेतृत्व गर्न तीन जनाको नाम सिफारिस भएको छ ।
सञ्चालक समितिले कृष्ण गिरी, भीष्म चालिसे र पूर्णप्रसाद आर्चायको नाम सिफारिस गरेको छ । यी तीन जनाबाट १ जनाले सिडिएससीमा आगामी ४ वर्षको लागि नेतृत्व गर्नेछन् ।
सिइओका लागि कृष्ण गिरी, पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे, मानबहादुर खत्री, दिनेशकुमार बर्ताैला, डिल्लीप्रसाद चौधरी, कृष्ण लामिछानेले आवेदन दिएका थिए ।
पहिलो चरणमा लामिछाने बोहक ६ जनाले सिइओ भर्ना छनोट समितिमा आफ्नो प्रस्तुती दिएका थिए । उक्त प्रस्तुतीपछि ६ जनाबाट ३ जना सिफारिसमा परेका हुन् । ३ जनामा परेका मध्ये कृष्ण गिरी प्रभु क्यापिटलमा कार्यरत छन् भने भीष्मराज चालिसे पुराना मर्चेन्ट बैंकर हुन् । यता पूर्णप्रसाद आचार्य भने कृषि विकास बैंकको पूर्व कर्मचारी ह्ुन् । यी तीनमध्ये एकजनाले सिडिएससीमा बाजी मार्नेछन् ।
यस अघिका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ गते सकिएपछि हाल कायम मुकायम सीइओ कञ्चन सापकोटाको भरमा सिडिएससी चलिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिइओको नियुक्तिका लागि छनोट समिति गठन गरेको छ । नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको भएपछि सीइओ बन्नका लागि योग्य, दक्ष हुनुका साथै नेकपाको कार्यकर्ता वा नेकपाको सिद्दान्तलाई अबलम्बन गरेको व्यक्ति पनि हुनुपर्छ ।
त्यस्तो व्यक्तिलाई मात्रै अर्थमन्त्रीले रुचाउने छन् । सोही अनुसार सिडिएससीमा सीइओ नियुक्त हुनेछ ।
SHARE YOUR THOUGHTS