अमेरिकन एयरलाइन्सले १९ हजार रोजगारी कटौती गर्ने « Eglish Khabarhub

अमेरिकन एयरलाइन्सले १९ हजार रोजगारी कटौती गर्ने



एजेन्सी । कोरोना संक्रमणका कारण हवाई यात्रामा उल्लेखनीय कमि आएपछि अमेरिकन एयरलाइन्सले १९ हजार रोजगारी कटौती गर्ने भएको छ ।

विश्वकै सबैभन्दा ठुलो एयरलाइन्स अमेरिकनले भनेको छ– अस्थायी बर्हिगमन र बिदाई गरेर गत मार्चमाभन्दा ३० प्रतिशत कम कामदार रहनेछन् ।

हवाई यात्रामा उल्लेखनीय कमि भएको र यहि अवस्था रहिरहे अन्य एयरलाइन्सहरुले पनि यहि तहमा रोजगारी कटौती गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

जर्मनीको लुप्थान्साले २२ हजार रोजगारी कटौती हुनसक्ने चेतावी दिइसकको छ भने ब्रिटिश एयरवेजले १२ हजार कर्मचारी हटाउन थालेको छ ।

कोरोनाका कारण यो वर्ष एयरलाइन्स कम्पनीहरुले ८४ विलियन अमेरिकी डलर गुमाउने डरलाग्दो प्रक्षेपण भएसँगै एयरलाइन्सहरु खर्च कटौतीका लागि रोजगारी कटौतीमा लागेको बताइएको छ ।

अमेरिकामा सरकारको २५ बिलियन डलर राहतका कारण ३० सेप्टेम्बरभन्दा अघि एयरलाइन्सहरुले रोजगारी कटौती गर्न सकेका छैनन । एयरलाइन्सहरुले थप राहतको माग समेत राख्दै आएका छन् ।

अमेरिकनहरुले पेरोल राहत कार्यक्रमबाट ५.८ विलियन डलर सहायता पाएका थिए । अहिले हवाई यात्राको माग कम भएका कारण १३ वटा साना विमानस्थलमा सेवा स्थगित गरिएको छ ।

आफ्ना कर्मचारीलाई सन्देश लेख्दै प्रमुख कार्यकारी डौग पार्कर र अध्यक्ष रोबर्ट आइसमले भनेका छन्- हाम्रो देशको नेतृत्वले साना समुदायहरु लक्षित उड्डयन क्षेत्र र हामीले दिने सेवा अघि बढाउने कुरामा अर्को कुनै उपाय नभेटाउने सम्भाव्यतालाई मध्यनजर गर्दै हामीले तयारी गर्नुपर्छ ।

उक्त पत्रमा कार्यकारीहरुले भनेका छन्- सन् २०२० को अन्तिम तीन महिना ५० प्रतिशत क्षमतामा मात्र अमेरिकनहरुले हवाई यात्रा गर्ने अनुमान गरेका छौं । त्यसैगरी अन्तर्राष्ट्रिय उडान २५ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

आगामी अक्टुबरमा १ लाखभन्दा कम मानिसले काम गरिरहेको हुने अनुमान गरिएको छ जवकि मार्चको शुरुवातमा १ लाख ४० हजारले काम गरिरहेका थिए ।

१९ हजार रोजगारी कटौतीका अलाव करिब १२ हजार ४ सय जनाले मार्चदेखिनै भोलुन्टरिली एयरलाइन्स छोडिसकेका छन् । थप ११ हजार जना अक्टोबरदेखि भोलेन्टरी विदामा हुनेछन् ।

Publish on: