रिलायन्सको सेयर बाँडफाँड सुरु (हेर्नुहोस लाइभ) « Eglish Khabarhub

रिलायन्सको सेयर बाँडफाँड सुरु (हेर्नुहोस लाइभ)



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को सेयर बाँडफाँड सुरु भएको छ ।

उक्त आईपीओमा आवेदन दिने आवेदनकर्तामध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।

जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिनमा क्यापिटलले जनाएको छ ।

रिलायन्सको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको छ ।

Publish on: