१३ महिनापछि कारोबार शुरु भएको उन्नती सहकार्यको सेयरमा लगानीकर्ताको आकर्षण « Eglish Khabarhub

१३ महिनापछि कारोबार शुरु भएको उन्नती सहकार्यको सेयरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । कारोबार बन्द भएको १३ महिनापछि शुरु भएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर खरिदमा लगानीकर्ता आकर्षित भएका छन् ।

उन्नती र सहकार्य मर्ज भई आइतबारदेखि एकिकृत कारोबार शुरु भएसँगै लगानीकर्ता खरिद गर्नका लागि आकर्षित देखिएका छन् ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था १ः०.७५ को अनुपातमा गाभिएका (मर्जर) भएक थिए ।

दुवै संस्था मर्जरपछि उन्नति सहाकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर २४ अंक अर्थात ३.८७ प्रतिशतले बढेको हो । कम्पनीको सेयर खरिद गर्नका लागि ९२ हजार ५२४ कित्ता सेयरमा आवेदन परेको छ । कम्पनीको कारोबार प्रतिकित्ता ६४६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । अहिले ६५८ रुपैयाँ पुगेको छ ।

Publish on: