१५ मिनेट पनि चलेन टिएमएस, नेप्सेले कारोबार रोक्दा लगानीकर्ता तनाबमा « Eglish Khabarhub

१५ मिनेट पनि चलेन टिएमएस, नेप्सेले कारोबार रोक्दा लगानीकर्ता तनाबमा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइनमा समस्या समाधान भएको केही समयमा नै टिएमएसमा समस्या देखिएको छ ।

सेयर ब्रोकरहरुको टीएमएसमा समस्या देखिएको छ । पहिलो नेप्सेको साइट निकै समय खुलेको थिएन । अहिले टिएमएसमा समस्या देखिएको छ । जसकाकारण लगानीकर्ता सेयर कारोबार गर्नबाट बञ्चित भएका छन् ।

नेप्सेको अनलाइनमा केही समय यता खासै समस्या नदेखिए पनि फेरि समस्या देखिन थालेको छ । अहिले कहिले अनलाइन त कहिले टिएमएसमा समस्या देखिन थालेको हो ।

यो समाचार तयार पार्दासम्म डाटा लोड नहुने, खरिद तथा बिक्रीका लागि हालेको अर्डरको विबरण नदेखाउने जस्तो समस्या भएको छ ।

ब्रोकरहरुका अनुसार सबै ब्रोकरको टिएमएस नेप्सेले बन्द गरेको छ । नेप्सेले ब्रोकरलाई प्राविधिक समस्या भएको र त्यो समस्या समाधानको क्रममा रहेको जानकारी गराएको छ । समस्या के भएको हो भनेर जानकारी भने गराएको छैन ।

Publish on: