काठमाडौं । यो साताको पहिलो दिन आइतबार भएको कारोबारमा दोस्रो चरणमा सामान्य सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक ४.६४ अंकले बढेर १४६२.६७ बिन्दुमा रोकिएको छ । यो दिन कारोबार रकम पनि राम्रै देखिएको छ । १८६ कम्पनीको ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ७.४४ अंकले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको ०.४५ अंकले घटेको छ भने बाँकी समूहको उपूुचकमा सुधार देखिएको छ । निर्जीबन बीमा कम्पनीको ९४.३, जीवन बीमा समूहको उपसूचक ४६.३२ अंकले बढेको हो ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीम कम्पनी रहेको कम्पनीको ३४ करोड ३२ लाख १० हजार २३५ रुपैयाँको सेयर कारोबार भएको छ ।
SHARE YOUR THOUGHTS