मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले रेडियो, टेलिभिजन तथा केबललाई नियमन गर्न छुट्टै निकाय बनाउने


काठमाडौं। सरकारले रेडियो, टेलिभिजन तथा केबल टेलिभिजनलगायतको क्षेत्रलाई नियमन तथा अनुगमन गर्न छुट्टै निकाय बनाउने संकेत गरेको छ । सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले डिजिटलाइजेसन टेलिभिजन इन नेपाल विषयक कार्यक्रममा मन्त्रालयले मात्रै यसको नियमन तथा अनुमगन गर्न नसक्ने भएको हुँदा छुट्टै निकाय खडा गर्ने योजना रहेको बताए ।

मन्त्री कार्कीले मन्त्रालयका कर्मचारीहरुले जसोतसो काम गरिरहेको भन्दै छुट्टै नियमन तथा अनुगमन गर्न निकाय आवश्यक हुने बताए । ‘यो विषय मन्त्रालयले राख्ने होईन, कुनै छुटै अधिकारीक निकाय बनाउनुपर्छ,’ उनले भने ।

डिजिटल डिभाइड हटाउन डिजिटल प्रविधिमा जानैपर्ने जिकिर गर्दै मन्त्री कार्कीले केवलको डिजिटलाईज गर्न पनि लामो अवधि लिन नहुने बताए ।

कार्यक्रममा बोल्दै केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले व्यवसायीहरु डिजिटलाइज गर्न तयार रहेपनि आवश्यक ऐन नियमको अभाव रहेको बताए । उनले व्यवसायीहरु ग्राहक तथा सरकार दुबैको मारमा परेको गुनासो गरे । ग्राहकहरुको सेवा शुल्क उठाउन एकातर्फ समस्या छ भने सरकारले पनि राजस्व मारा भनेर आरोप लगाउने गरेको छ, उनले भने ।

उनले हाल डिजिटल केबल सेवामा प्रयोग हुने सेट टप बक्समा लाग्दै आएको राजस्व मिनाहा गर्न पनि आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले केबल टेलिभिजनको डिजिटलाइजेन प्रकृयामा वैशाख १५ पछि केबल व्यवसायीहरुलाई कुनै पनि सहुलियत नदिने बताए । उनले अहिले डिजिटलाइजेसनका लागि सरकारले विभिन्न उपकरण आयात तथा लाइसेनसमा विभिन्न किसिमका छुटहरु दिएको भन्दै वैशाख १५ सम्ममा पनि डिजिटलाइजेसनमा नजाने व्यवसायीहरुले त्यस्ता छुट नपाउने बताए ।

ढकालले वैशाख १५ पछि टेलिभिजन नै हेर्न नपाईने भन्ने भ्रमपूर्ण विषय आईरहेको भन्दै त्यस्तो सूचना गलत भएको बताए । ‘एनागल भन्ने स्वीच सरकारसँग हुँदैन र जो व्यवसायी एनालगमा हुनुहुन्छ उहाँहरुलाई डिजिटल प्रविधिमा जान सुविधा दिएको हो,’ उनले भने ।