काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई निराश बनाएको छ ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश दिन्छ भनेर बसेका लगानीकर्ता निरास बनेका हुन ।
संस्था आव २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ ।
संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गरेको छ ।
उक्त निवेदनमा आव २०७६/०७७ मा सेयरधनीहरुको लागि बोनस तथा नगद लाभांश वितरणका लागि प्रस्ताव नलगेको जानकारी गराएको छ ।
SHARE YOUR THOUGHTS