काठमाडौं । केही समय यता घटेको सेयर बजारमा निवर्तमान अर्थमन्त्रीको ह्याङ ओभर सकिएपछि पुन बढन थालेको छ ।
मन्त्रीपरिषद्को बैठकले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालको लागि अमेरिकाको राजदूत बनाएर पठाउने निर्णय भएपछि पुँजी बजारमा सुधार आउन थालेको हो ।
यसअघि मन्त्री पद सकिएको २४ घन्टा बित्न नपाउँदै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारको भूमिका दिएका थिए । त्यसयता अर्थ मन्त्रालयका हरेक निर्णय खतिवडाले गर्ने र हस्ताक्षर मात्रै अर्थमन्त्रालय सम्हालेका कारण प्रधानमन्त्री ओलीले गरेका थिए । जसका कारण निरास बनेको बजार खतिवडा सरबार प्रत्यक्ष रुपमा बाहिरिने भएपछि बजार बढेको ।
बिहीबारको कारोबारमा बजार मापन गर्ने सूचक २०.६१ अंकले बढेर १५७१.०४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९८ अंकले बढेर ३१०.१५ बिन्दुमा रोकिएको छ ।
१९३ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर २ अर्ब ८० करोड ७७ लाख ८ हजार १३७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको १८.८६, विकास बैंक ६५.४८, निर्जीबन बीमा ३३२.४१, जीवन बीमा समूहको उपसूचक १५७.३३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा बैंक अफ काठमाण्डू अग्रस्थानमा रहेको छ। आजै गरेको लाभांश घोषणाका कारण यो दिन बैंकको कारोबारमा निकै उछाल आएको छ । यो दिन बैंकको १४ करोड ७६ लाख ५६ हजार ३९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।
सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै कामना सेवा विकास बैंक, मल्टिप्रपोज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा माउन्टेन हाईड्रो, पन्चकन्या माई हाईड्रो, हिमाल उर्जा विकास कम्पनी, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया