इन्भेष्टमेन्ट बैंकले लागू गर्यो कर्जामा फिक्स्ड ब्याजदर, कति अवधिका कर्जामा कति ब्याजदर ? « Eglish Khabarhub

इन्भेष्टमेन्ट बैंकले लागू गर्यो कर्जामा फिक्स्ड ब्याजदर, कति अवधिका कर्जामा कति ब्याजदर ?



काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १६ गतेदेखि लागु हुने गरी कर्जाको ब्याजदर सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकले असोज मसान्तसम्म व्यक्तिगत कर्जामा फिक्स्ड ब्याजदर लागू गर्न निर्देशन दिएको छ । सोही निर्देशनको कार्यान्वयन गर्दै बैंकले न्यूनतम १ वर्षदेखि १० वर्षमाथिका फिक्स्ड ब्याजदरमा व्यक्तिगत कर्जा प्रवाह गर्ने भएको छ । जसमा एक वर्षे फिक्स्ड ब्याजदरमा इको लोन, एसएमई लोन, सेयर धितो कर्जा, सुनचाँदी धितो कर्जा, कृषि कर्जा, सवारी कर्जा, घर कर्जा र अन्य खुद्रा कर्जा ९.९९ प्रतिशत ब्याजदरमा दिने घोषणा गरेको छ ।

यसैगरी, बैंकले ७ वर्षका फिक्स्ड ब्याजदरमा घर कर्जा १०.५० प्रतिशत, सवारी कर्जा १०.७५ प्रतिशत र अन्य खुद्रा कर्जा ११ प्रतिशातमा दिने प्रवाह गर्ने भएको छ।

साथै, बैंकले १० वर्षभन्दा माथि घर कर्जाको १२.५० प्रतिशतमा र अन्य खुद्रा कर्जाको १३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

Publish on: