मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबारदेखि श्रम स्वीकृति खुल्दै


काठमाडौं । वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएको कारण सेवा प्रवाह (श्रम स्वीकृति) बन्द भएको कार्यलयले पुनः भोलिबाट सेवा प्रवाह गर्ने भएको छ ।

कर्मचारीमा कोरोना देखिएसँगै कार्यालयले गत असोज १४ गतेबाट सेवा प्रवाह बन्द गरेको थियो ।

कार्यालयले सेवा प्रवाह रोकिएकोमा भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरूको समस्यालाई मध्यनजर राखी १९ गतेबाट सावधानीपूर्वक सिमित सेवा सञ्चालनमा गरिने कार्यालयले जनाएको छ ।

यसैगरी, अब आउने सेवाग्राहीले सामाजिक दूरीका कायम गर्नुपर्नेछ । साथै, स्वास्थ्यसम्बन्धि सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गर्नुपर्ने जनाएको छ । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको छ ।