काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि सुधार नै देखिएको छ ।
साताको पहिलो दिन आइतबार बजार मापन गर्ने सूचक १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ३१२.३५ बिन्दुमा रोकिएको छ ।
१९३ कम्पनीको १ करोड २ लाख ७० हजार ९८६ क्रित्ता सेयर ३ अर्ब ४ करोड ३३ लाख ७३१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैकिङ समूहको उपसूचक १५.५६ अंकले बढेको छ भने निर्जीवन बीमा २४.०७, उत्पादन तथा प्रशोधन १४५.२६, माइक्रोफाइनान्स ४.०३, जीवन बीमा समूहको उपसूचक ४५.०३ अंकले बढेको छ । यो दिन बैंकिङ समूहले साथ दिँला बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।
SHARE YOUR THOUGHTS