२९ मंसिर २०८२, आइतबार

सेयर बजारको सबै काम विद्युतीय माध्यमबाट गर्नु, ब्रोकर कार्यालय नआउनुः एसोसिएसन


काठमाडौं । स्टक ब्रोकर एसोसिएसनले लगानीकर्तालाई सेयर बजारको सबैकाम अनलाइनबार्ट गर्न आग्रह गरेको छ ।

ब्रोकर कार्यालयका कर्मचारीमा कोरोना संक्रमण बढदै गएको भन्दै ब्रोकर कार्यालयमा लगानीकर्ताको भौतिक उपस्थिति बिना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न आग्रह गरेको छ ।

लगानीकर्ताले खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण काम विधुतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेको भन्दै लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको सर्वविधितै छ ।

ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरु समेत उच्च जोखिममा रहेका तथा कतिपय कम्पनीहरmमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको छ ।

हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबार सँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न गराउनु हुन संघ हार्दिक आग्रह गर्दछ ।