२३ मंसिर २०८२, सोमबार

महासंघ छाडेका विनोद चौधरीलाई महासंघले गर्यो विशेष सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघले आफ्नौं ५१औं स्थापना दिवसको अवसरमा महासंघ छाडेका विनोद चौधरीलाई सम्मान गरेको छ ।  आफ्नो कार्यकालमा महासंघको टेकु स्थित कार्यालय भवन निर्माण गरे बापत चौधरीलाई विशेष सम्मान प्रदान गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चौधरीलाई कदरपत्र दिँदै विशेष सम्मान गरेका हुन् । महासंघले चौधरी बाहेक अन्य पूर्व अध्यक्षलाई पनि सम्मान गरेको छ ।

महासंघका पूर्वअध्यक्षसमेत रहेका चौधरीले महासंघ छाडेर नेपाल उद्योग परिसंघ खोलेका थिए । त्यसपछि उनी महासंघका कुनैपनि गतिविधिमा गएका थिएनन् ।

यस बाहेक महासंघले अन्य व्यक्तिहरुलार्इ पनि सम्मान गरेको थियो ।

यी हुन् महासंघबाट सम्मान पाउनेहरु
विरेन्द्र बहादुर बस्नेत
कैलाश सिरोहिया
कर्ण शाक्य
रुद्रराज पाण्डे
हिमालयन शमशेर राणा
नकिम उद्धिन
रामलाल गोल्छा
लक्ष्मणबाबु श्रेष्ठ
विनोद चौधरी
सेवा तर्फ
कुलमान घिसिङ
अनुराधा कोइराला
सन्दुक रोइत
सुरेशराज शर्मा