काठमाडौं । हारती कम्प्युटर सर्भिस प्रा.लि.ले मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा आयोजना गरिएको सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश नामक सूचना तथा डिजिटल प्रविधि सम्वन्धि महामेलामा नेपालको तर्फबाट सहभागी भएको छ ।
सिइविआईटी सूचना तथा प्रविधि सम्वन्धि भएको उक्त मेलामा पहिलो श्रेणीमा आउने मेला हो र यस सम्वन्धि काम गर्ने विश्व विख्यात कम्पनीहरुले पनि आफ्ना नयाँ बस्तु, सेवा तथा प्रविधिहरु प्रदर्शनी गरेका कम्पनीले जानकारी दिएको छ ।
माइक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा सहभागी भएका थिए । सो मेलामा विश्वका यस क्षेत्रमा काम गर्ने करिब तीन हजार कम्पनीले भाग लिएका थिए ।
नेपालबाट हारतीले नै पहिलो पटक यस महामेलामा भाग लिएर फर्किएको छ र हारतीका आफ्ना सेवा तथा विकास भएका सफ्टवेयरहरुलाई सो मेलामा विशेषरुपमा प्रदर्शन गरेको थियो ।
तपाईको वाहिरी गन्तब्य नेपाल भन्ने नारा सहित नेपाल यसमा सशक्तरुपमा आउँदैछ भन्ने सन्देश दिएको कम्पनीले जनाएको छ । सो मेलामा यस कम्पनीले आफ्ना सेवा सुविधा लगायत नेपालको पर्यटन क्षेत्रलाई केही टेवा पुग्ने उद्दश्यले आफ्नो स्टललाई नेपाली कला र सस्कृति पूर्णरुपमा नेपालीपन झल्कीने गरी सजाईनुका साथै आगन्तुकहरुलाई नेपालको बारेमा जानकारी गराईएको विज्ञप्तिमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS