विवरणहरु भन्छन्ः चिनियाँ कम्पनीले बनाएका कोरोना भाइरस विरुद्धको खोप सबैभन्दा सुरक्षित « Eglish Khabarhub

विवरणहरु भन्छन्ः चिनियाँ कम्पनीले बनाएका कोरोना भाइरस विरुद्धको खोप सबैभन्दा सुरक्षित



काठमाडौं । संसारभर नै यतिबेला कसले सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक गर्ने होडबाजी चलीरहेको छ । पश्चिमा देशहरुले चिनियाँ तथा रसियन कम्पनीले बनाइरहेको खोप गुणस्तरहिन रहेको र परिक्षण बिना नै हल्ला गरिएको दावी गरिरहेका छन् ।

कोरोनाका कारण झण्डै ४ करोड मानिस प्रभावित भइसकेको र यूरोपमा कोरोनाको दोस्रो लहर शुरु भएको सन्दर्भमा खोप कसले चाँडै र कति सुरक्षित तवरले ल्याउने भन्ने दौड असाध्यै तिव्र गतिमा भइरहेको छ ।

सबैभन्दा पहिले खोप सार्वजनिक गरेको रसियाले आफूहरुको खोप क्लिनिकल परिक्षणपछि सार्वजनिक गरिएको बताइरहेको छ । चिनियाँ कम्पनीले तयार पारेको खोप आपतकालमा प्रयोग गर्न सकिने दावी गरिरहेको छ । तर पश्चिमा देश तथा त्यहाँका सञ्चार माध्यम यो कुरा मान्न त परै जाओस् सुन्न समेत तयार छैनन् ।

किनकी खोपमा ठूलो अन्तर्राष्ट्रिय व्यापार जोडिएको छ । विश्व अर्थतन्त्र कसको हातमा जाने भन्ने कुरा खोप सार्वजनिक भएपछि देखिने भएकाले पनि अमेरिका, बेलायत जस्ता पश्चिमा देश चीन वा रसियाको खोपलाई सकेसम्म सबैभन्द्या कमजोर तथा काम नलाग्ने स्थापित गराउन उद्यत छन् ।

उनीहरु प्रोपोगाण्डामा लागिरहेको बेला चीनले भने गत महिना नै ब्राजिललाई प्रति डोज २ अमेरिकी डलरमा खोप बिक्री गर्ने सम्झौता नै गरिसकेको छ । यस्तै रसियाले पनि विभिन्न देशमा खोपको परिक्षण मात्रै गरेको छैन, व्यापारिक डिल समेत गरिसकेको छ ।

खोपमा जोडिएको व्यापारमा कसले जित्ने हो वा कसले हार्ने हो भन्ने सन्दर्भमा राम्रो नजिता देखिन भने केही थप समय कुर्नैपर्ने हुन्छ ।

तर यहाँ भने चिनियाँ खोपको बारेमा थप जानकारी दिने प्रयास गरिएको छ । प्राप्त विवरणहरुमा चीनमा मात्रै आधा दर्जन बढी खोपको तयारी तथा परिक्षण चलीरहेको छ ।

त्यसमा सरकारी स्वामित्वका कम्पनीदेखि निजी क्षेत्रका कम्पनी समेत मरेर लागिपरेका छन् । चिनियाँहरुलाई थाहा छ, खोपको व्यापार र अर्थतन्त्र । सोही कारण उनीहरुले आफ्ना खोपको नतिजाका बारेमा सञ्चारमाध्यमलाई जानकारी दिने तथा बढी भन्दा बढी प्रचार प्रसार होओस् भन्ने पनि चाहेका छन् ।

चिनियाँ कम्प्नलिे तयार पारेको खोप सबैभन्दा बढी सुरक्षित रहेको र तत्कालै शरिमा एन्टीबडी बनाउने र कोरोना भाइरसलाई मार्ने उनीहरुको दावी छ ।

उनीहरुले कोरोना विरुद्धको लडाईमा चिनियाँ खोप प्रभावकारी रहेको सुरक्षित भएको तथा एन्टिबडी प्रतिक्रिया निकाल्ने उनीहरुको भनाइ छ । ल्यान्सेट संक्रामक रोग जर्नलमा हालै प्रकाशित विवरणअनुसार प्रारम्भिक चरणको विवरणले हामीलाई असाध्यै खुसी तुल्याएको छ ।

अध्ययनअनुसार चिनियाँ खोप १८ वर्षदेखि ८० वर्ष उमेर समूहका मानिसलाई परिक्षण गरिएको थियो । समावेश गरिएका उमेर समूहका मानिसहरुमा खोपले असाध्यै राम्रो काम गर्यो । र पत्ता लाग्यो कि खोपले एन्टिबडी निर्माण गर्न असाध्यै राम्रो काम गर्यो । त्यस्तो प्रतिक्रिया परिक्षणमा सहभागीलाई समेत जानकारी गराइएको थियो ।

जानकारी अनुसार ६० वर्षभन्दा भन्दा बढी उमेरका सहभागीले प्रतिक्रिया आउन ढिलाई भएको थियो । सो उमेर समूहका मानिसको परिक्षण विवरण आउन ४२ दिन लागेको थियो भने, १८ देखि ५९ वर्ष समूहका मानिसको विवरण आउन २८ दिन लागेको थियो ।

उक्त परिक्षण खोपको प्रभावकारीता जाँच्नका लागि मात्रै डिजाइन गरिएको थिएन, त्यसलेके कसरी काम गर्छ भन्ने पत्ता लगाउन गरिएको थियो । कोरोना संक्रमित मानिसलाई कसरी कसरी जोगाउन सकिन्छ र जीवन सुरक्षामा कसरी खोप प्रभावकारी हुनसक्छ भन्ने उक्त परिक्षणको ध्येय थियो ।

उक्त खोप चीनको राजधानी बेइजिङको एक बायोलोजिकल प्रोडक्टले गरेको हो । जुन राज्यको स्वामित्वमा रहेको चीन नेशनल फार्मास्यूटिकल समूह सिनोफर्मसँग आवद्ध रहेको छ ।

लान्सेटका अनुसार क्लिनिकल परीक्षणहरूमा रहेका खोपका आफ्नै स्वरुप र गुण रहेका छन् । क्लिनिकल परीक्षणहरूमा रहेका खोपका आयाम पनि फरक छन् ।

त्यसमा डिएनएन प्लाज्मिड खोपका अलावा, भाइरस निष्क्रिय बनाउने खोप समेत रहेका छन् । त्यसमा आरएनए खोपहरुमा प्रोटिनको मात्रालाई समेत समावेश गरिएको छ । ती मध्ये केहि सुरक्षित र प्रारम्भिक चरणमा भएका क्लिनिकल परीक्षणमा प्रतिरक्षाको काम गर्न र सकारात्मक नजिता निकाल्न सफल भएका छन् ।

‘ हाम्रा खोजहरूले संकेत गरे कि सार्सकोभ २ बिरूद्ध सब भन्दा ठूलो एन्टिबडी प्रतिक्रिया प्राप्त गर्न बुस्टर सट आवश्यक छ जुन सुरक्षाको लागि महत्वपूर्ण हुन सक्छ । यसले तेस्रो चरणमा नै जानुपूर्व नै सकारात्मक नजिता निकालेको छ । यो हाम्रा लागि थप उपयोगी हुन सक्छ’ खोप परिक्षणमा सहभागी मध्येका एक जानकार तथा खोज प्रकशन गर्ने विज्ञ याङ सियामिंगले भने । उनले खोपको परिक्षणमा देखिएको नजिता संसारका लागि नै ठूलो उत्साहको विषय बन्न सक्ने बताए । स्रोतः विभिन्न समाचार एजेन्सी

Publish on: