२८ मंसिर २०८२, शनिबार

एनआईसी एशिया बैंकद्धारा २० प्रतिशत लाभांश घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको ।

बैंकको संचालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर वापत दिने निर्णय गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि सेयरधनीले सो लाभांश पाउने छन् ।

अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ । बैंकले सेयरधनीलाई १ अर्ब ८४ करोड रुपैयाँको बोनस सेयर र ९ करोड ७२ लाख रुपैयाँको  लाभांश कर प्रयोजनका लागि दिनेछ ।

बैंकले गत आव. २०७६/७७ मा प्रति शेयर आम्दानी ३१.८९ रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।