काठमाडौं । हारती कम्प्युटर प्रा.लि ‘सिइविआईटी ग्लोबल इभेन्ट डिजिटल विजनेश’मा सहभागी हुने पहिलो नेपाली कम्पनी भएको छ ।
मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा आयोजना गरिएको सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश नामक सूचना तथा डिजिटल प्रविधि सम्वन्धि महामेलामा नेपालको तर्फबाट उत्कृष्ठ प्रदर्शकको रुपमा सहभागी हारती सहभागी भएको हो ।
सिइविआईटी सूचना तथा प्रविधि सम्वन्धि भएको उक्त मेलामा पहिलो श्रेणीमा आउने मेला हो र यस सम्वन्धि काम गर्ने विश्व विख्यात कम्पनीहरुले पनि आफ्ना नयाँ बस्तु, सेवा तथा प्रविधिहरु प्रदर्शनी गरेका थिए । माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा सहभागी भएका थिए । मेलामा यस सम्वन्धि विशेषज्ञहरुबाट गोष्ठी तथा सेमिनारको आयोजना गरिएको थियो । उक्त मेलामा विश्वका यस क्षेत्रमा काम गर्ने करिब तीन हजार कम्पनीले भाग लिएका थिए ।
उक्त मेलामा यस कम्पनीले आफ्ना सेवा सुविधा लगायत नेपालको पर्याटन क्षेत्रलाई केही टेवा पुग्ने उद्दश्यले आफ्नो स्टललाई नेपाली कला र सस्कृति पूर्णरुपमा नेपालीपन झल्कीने गरी सजाईनुका साथै आगन्तुकहरुलाई नेपालको बारेमा जानकारी गराईएको थियो । जसले गर्दा नेपाललाई अझ बढी चिनाउन मद्दत गरेको कम्पनीले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS