काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.४० अंकले बढेर १६४३.०३ बिन्दुमा रोकिएको छ ।
१९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा लगानीकर्ताको ध्यान निर्जीबन बीमा तर्फ बढी देखिएको छ । लगानीकर्ता निर्जीबन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स जलविद्युत, ट्रेडिङमा झुम्मिएका छन् । बैंकिङ समूहको उपसूचकमा भने गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ३ लाख २१ हजार ५३२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र प्राइम बैंक रहेका छन् ।
कारोबारमा बिशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी, शिव श्री हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने महालक्ष्मी विकास बैंक, दिव्यश्वरी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, जोशी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS