सोल्टी होटलको घाटा ७ करोड ९३ लाख, खर्च कटौती गर्ने « Eglish Khabarhub

सोल्टी होटलको घाटा ७ करोड ९३ लाख, खर्च कटौती गर्ने



काठमाडौं । पाँचतारे होटल सोल्टीले ७ करोड ९३ लाख रुपैयाँ घाटा बेहोरेको छ । कोरोना महामारीका कारण नाफा संकुचित हुँदै आएको सोल्टी होटलको चालु आवको पहिलो त्रैमासमा भने उक्त घाटा बेहोरेको हो ।

होटलले गत वर्षको सोही अवधिमा २ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो तर यो वर्ष भने होटलले घाटा बेहोरेको छ ।

यस अवधिमा कम्पनीको सञ्चालन खर्च १३ करोड रुपैयाँ भएको छ भने होटलको खर्च गत वर्षको सोही अवधिमा २७ करोड ८८ लाख रुपैयाँ थियो ।

होटलले बढीरहेको घाटा कम गर्नका लागि होटल सञ्चालन न्यूनतम खर्चमा गर्ने समेत उल्लेख गरेको छ । साथै कर्मचारी तथा सोसँग सम्बन्धित खर्चको मितव्ययीता सहित अन्य अनावश्यक खर्चलाई समेत कटौती गर्दै होटललाई प्रतिकुल परिस्थितिमा पनि अनुकुल वातावरण बनाई न्यूनतम रुपमा भए पनि आय आर्जन गर्नेतर्फ उच्च प्राथमिकता दिने बताएको छ ।

घाटामा जानुको कारण होटलले कोरोना महामारीलाई मानेको छ । होटलले कोरोना भाइरसको महामारी, पर्यटन सम्बन्धि पर्याप्त भौतिक पूर्वाधारको विकासको कमीबाट पर्ने नकारात्मक प्रभाव, विदेशी विनिमयष् दरमा आएको अप्रत्याशित परिवर्तन, मूल्यवृद्धिलगायतलाई मानेको छ ।

Publish on: