काठमाडौं । सेयर बजारमा निरन्तर उछाल आइरहेको समयमा धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई सुसूचित भइृ कारोबार सजगतापूर्वक लगानी गर्न आग्रह गरेका छन् ।
बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ ।
बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको छ भन्दै बोर्डले धितोपत्र वजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ती, प्रकाशन, वेभसाइट तथा विभिन्न सञ्चार माध्यममाफ्र्mत् समसायिक बिषयमा जानकारी गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाख भन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत भन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको छ ।
पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ जुन समग्र पूँजी बजारका लागि खुसीको कुरा हो । विज्ञप्तिमा भनिएको छ ‘यद्यपी लगानीकर्ताहरुले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।’
धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ ।
SHARE YOUR THOUGHTS